Sajhamanch Archive

कमलमा व्यवसाय प्रवद्र्धनको लागि घुम्ती कोषको सुरुवात

Published: in विविधा, समाज, स्थानीय तह by .

कमल । १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले हामीलाई आवश्यक पर्ने सामान मात्र उत्पादन गर्ने हो भने वार्षिक अरवौ रुपैया विदेश जानबाट रोकिने बताएका छन् ।

झापाको कमल गाउँपालिका न ले पहिलो पटक सुरु गरेको व्यवसाय प्रवद्र्धन घुम्ती कोष हस्तान्तरण कार्यक्रमको उद्घाट मन्त्री कार्कीले हामीलार्ई आवश्यक पर्ने अन्न, दुध, माछा, मासु फलफुल तरकारी लगायतका सामान अहिले पनि आयात गर्नु परिरहेको बताए । जसका कारण अरवौं रुपैया विदेश गैरहेको छ । यसलाई रोक्न सक्न ेहो भने हामीलाई लागेको व्यापार घाटा पनि फाईदामा जान सक्ने उनको भनाई थियो ।
कमल गाउँपालिकाले विदेशबाट फर्किएका तथा स्वदेशमै रहेर पनि कृषि उद्यमी बन्न चाहाने ईच्छुक कृषकलाई ५० हजार देखि २ लाख रुपैयासम्म धुम्ती कोष मार्फत रकम प्रदान गरेको छ । यसले गरिवी न्युनिकरणमा सहयोग पुग्नुका साथै कृषकलाई उद्यमी बनाउन सहयोग पुग्ने मन्त्री कार्कीले बताए ।

गाउँपालिकामा सुचिकृत भएका सहकारी मध्ये ७ वटा सहकारीले सिफारिस गरेका २१ जना कृषकलाई पहिलो पटक घुम्तीकोषको रकम प्रदान गरिएको र्छौ । आफुसँग रकम नभएका कारण व्यवसाय सन्चालन गर्न नसकेका कृषकलाई घुम्तीकोषको रकमले सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन्।

गाउँपालिकाको क्षेत्र भित्र रहेर कृषि तथा पशुपालन क्षेत्रमा युवा उद्यमी बन्न चाहाने कृषकलाई पहिलो पटक कोषको रकम प्रदान गरेका छौं । आगामी दिनमा अन्य व्यवसाय गर्ने व्यवसायीलाई पनि कोषको रकम पदान गरिने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए ।

गाउँपालिकाले पहिलो पटक सन्चालनमा ल्याएको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले सन्चालन भएको घुम्ती कोषले वास्तविक कृषकलाई ठुलो फाईदा पुग्ने छ । यसका लागी गाउँपालिकाले अनुगमन गर्न आवश्यक छ । कोषलाई सही रुपमा सदूपयोग गर्ने कृषकलाई पुरस्कृत र कोषको दुरुपयोग गर्ने कृषकलाई दण्डित गर्न जनप्रतिनिधी पछि पर्नु हुदैन तव मात्र कोषको सहि रुपमा सदुपयोग हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *