झापाका पाँच पालिकामा सेना परिचालन
Published: (Updated: )
by .विर्तामोड । झापाका पाँच पालिकामा सेना परिचालन गरिएको छ । कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको हो ।।
मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए ।
भारतीय सीमासँग जोडिएका पालिकाहरुमा कोरोना भाइरस संक्रमणको जोखिम बढी भएकाले पनि पाँच पालिकामा सेना परिचालन गरिएको बताइएको छ ।
गत वर्ष समेत कोभिड–१९ को महामारी तीब्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।
Comments