Sajhamanch Archive

मृगौला पीडित खरेललाई शिवसताक्षी हङकङ समाजको आर्थिक सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । हङकङ  कर्म र सेवा गर्दै आएका शिवसताक्षी हङ्गकङ्ग समाजमा आबद्ध र सक्रिय सदस्यहरुले मृगौला पीडित गोपाल खरेललाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

शिवसताक्षी हङकङ समाजले तीन वर्षदेखि मृगौला रोगबाट पीडित शिवसताक्षी नगरपालिका १० माइधारका खरेललाई १ लाख १७ हजार रकम सहयोग गरेको हो ।

खरेलको दुवै मृगौला फेल भई भारतको विभिन्न अस्पतालमा चेक जाँच गरी काठमाण्डौमा एउटा मृगौला प्रत्यारोपण गरिएको छ ।
हङकङ समाजमा अध्यक्ष जेवि लिम्बु र प्रमुख सल्लाहकार बुद्धि शेर्मा (चापेता)ले कङकङ्ग कङ्गली इजम समाज, हङकङ्ग साम्सोइ–पो नेपाली परिवारको सहकार्यमा ५० जनाबाट रकम संकलन गरी पठाएका हुन् । संस्थाका प्रतिनिधी सुकमाया लावती र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपालले पीडितलाई खरेललाई उहाँकै निवासमा रकम हस्तान्तरण गरेका हुन् ।

नगरप्रमुख चन्द्रकुमार शेर्माले दुःखमा साथ दिने मानिस नै महान हुने भन्दै हङकङबाट रकम दिने दाता तथा सहयोगी मनहरुका धनी सबैलाई धन्यवाद दिए । उनले नगरपालिकाको तर्फबाट १० हजार दिने घोषणा गरे भने मृगौला रोगको उपचारमा सौलियतका लागि नगरपालिकाबाट सिफारिस समेत बनाईदिने जानकारी गराए ।

आर्थिक सहयोग रकम पाए पछि आफ्नो रोगका लागि केही राहत महसुश भएको पीडित खरेलले बताए । उनले अहिले सम्म रोग निको पार्न ६३ लाख खर्च भई सकेको जानकारी दिए । खरलेले विदेश गएर कमाएको सम्पूर्ण रकम, घर र अलिकती भएको जग्गा उपचारकै क्रममा सकिएको बताए । हाल मासिक २५ हजारको औषधी साथी भाईको सहयोग रकमबाट खाइरहेको उनले जानकारी दिए ।

शिवसताक्षी हङ्गकङ्ग समाजले शिवसताक्षी नगरपालिका भित्रका विभिन्न कारणबाट पीडित बनेका परिवारलाई राहत तथा सामाजिक कामहरुमा सक्रियता पूर्वक काम गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *