माछापुच्छ्रे बैंक र पुर्व प्रहरी कर्मचारीहरु बीच अन्तरक्रिया
Published:
by .विर्तामोड । माछापुच्छ्रे बैंकले पुर्व प्रहरी कर्मचारीहरुको लागि एक दिवसिय बैंक सम्बन्धी सारक्षता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल पुर्व प्रहरी संगठन मेची तथा झापाका कर्मचारीहरुका लागि बैंकले साक्षरता अन्तर्किया कार्यक्रम आयोजना गरेको हो ।
नेपाल पुर्व प्रहरी संगठन केन्द्रिय अध्यक्ष बसन्तराज कुँवरको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बैँकका वित्तीय प्रमुख आमोद श्रेष्ठ तथा सँघठनका सल्लाहकार यादव राज खनालले सहभागी पुर्व प्रहरीहरुलाइ बैकिँड्क कारोवारको बारेमा प्रशिक्षण दिएका थिए ।
अवको दिनमा पुर्व प्रहरीले पनि व्यावसायिकरुपमा आयआर्जनको बाटो बनाउन माछापुच्छ्रे्र बैँक सँग साझेदारी गर्दै अघि बडन लागिएको केन्द्रिय सचिव इन्द्र ओलीले जानकारी गराएका छन ।
अव पुर्व प्रहरीले पनि यातायात,टान्सपोर्ट, होटल सेक्रेटरी लगाएका क्षेत्रमा लगानी गर्न बैंकले सहयोग गर्ने योजनाका साथ अन्तरर्किया आयोजना गरिएको बताइएको छ।
सोही कार्यक्रममा पुर्व प्रहरी सघठनलाइ योगदान पुराउने ४ जनालार्इ समेत सम्मान गरिएको छ।सम्मानित हुनेहरुमा मानार्थ सदस्यहरु दिलेन्द्र कार्की, रुद्र बहादुर रार्इ, सस्थापक सचिव हरिहर आचार्य, र सस्थापक सदस्य कुल बहादुर गुरुङ्गलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ।
हाल नेपालमा १लाखको हारीहारीमा पुर्व प्रहरीहरु रहेका छन भने झापामा ८सय ,इलाममा ३सय पाँचथरमा १सय ५०र ताप्लेजुँड्मा १सय ३०जना पुर्व प्रहरीहरु रहेको सघले बताएको छ।अन्तक्रियामा सघका प्रदेश ५का प्रमुख घनेन्द्र विक्रम पाण्डे ,प्रदेश ३का प्रमुख प्यारासिहँ योन्जन ,उपाध्याक्ष खडक बहादुर खड्का ,केन्द्रिय सदस्य निजामुद्दीन पठान लगाएतले सुभकामना दिएका थिए ।
Comments