नवोदयद्वारा मृतक कोइरालाका परिवारलाई ५० हजार प्रदान
Published: (Updated: )
by .कमल । कमल गाउँपालिका ३ केर्खा स्थित मुख्य कार्यालय रहेको श्री नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यको मृत्यु भएपछि कर्जा मिनाह गरेको छ । संस्थाले मृतक परिवारलाई जिवन प्रदान कोष वापतको रकम पनि प्रदान गरेको छ ।
संस्थाका सदस्य प्रेमप्रकास कोईरालाको मृत्यु पश्चात कर्जा मिनाहा गर्नुका साथै जिवन प्रदान कोष र सदस्य अवशान कोषको रकम प्रदान गरेको छ ।
सस्थाको नियम अनुसार सदस्यको मृत्यु पछि प्रदान गरिने जिवन प्रदान कोष वापत २० हजार, सदस्य अवसान कोष वापत २० हजार र सदस्यको श्रीमानको मृत्यु पश्चात पाउने जिवन प्रदान कोष वापत १० हजार गरि जम्मा ५० हजार रुपैया मृतकका परिवारलाई संस्थाका अध्यक्ष शरण कुमार पराजुलीले प्रदान गरेका हुन् ।
त्यसैगरी मृतक कोईरालाकी श्रीमती विष्णुमाया रिजालले विना धितो लिएको १ लाख ५० हजार रुपैया कर्जा समेत मिनाहा भएको संस्थाका व्यवस्थापक फणिन्द्र वहादुर कार्कीले जानकारी दिए ।
६५ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएका कोईरालाका श्रीमती, र १ जना छोरा तथा १ जना छोरी रहेका छन् ।
Comments