Sajhamanch Archive

कोरोना कहरः शिवसताक्षी नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

Published: (Updated: ) in समाज, स्थानीय तह by .

शिवसताक्षी । कोरोना भाइरसको संक्रमण तिब्ररुपमा बढ्न थालेपछि शिवसताक्षी नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले नगर भित्रका अतिआवश्यक बाहेक सबै सेवाहरु बन्द गराएको हो ।

जसमा स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, स्वास्थ्य इकाई, एम्बुलेन्स सेवा, क्वारेन्टाइन र आईसोलेशनका सेवाहरु सञ्चालन गर्ने बताएको छ । यस्तै नगरभित्रबाट निस्कने फोहोरमैला व्यवस्थापनको कामपनि सञ्चालन हुने निर्णय भएको नगरका प्रवक्ता नविन इजमले जानकारी दिए ।

कार्यालयबाट हुने विवाह, यातायात, उपचार, मृत्यु संस्कार वडा कार्यपालिकाको समन्वयमा हुने निर्णय भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयको प्रशासन तथा वैकल्पिक शिक्षण सिकाइमा सहभागी हुने शिक्षक शिक्षिकाहरु आलोपालो गर्न नगरपालिकाले अख्तियारी सहितको निर्णय गरेको छ ।

नगर र वडाबाट हुने भूमिसम्बन्धी कुनैपनि काम नरोकिने नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले जानकारी दिइन् ।

यसैबीच जिल्लाको डिसीसीएमसीको बैठकले बुधबार रातिदेखि झापा जिल्लामा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । डिसीसीएमसीका सदस्य तथा जिल्ला समन्वय समिति संयोजक सोमनाथ पोर्तेका अनुसार झापामा पनि कोरोना भाइरसको संक्रमणको दर अत्यधिक बढेकाले बैसाख मसान्त सम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको छ । जसमा बजार तथा पसलहरु र अति आवश्यक बाहेकका यातायतका सवारी साधानहरु बन्द रहने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *