Sajhamanch Archive

महिला हिंसा बिरुद्ध कनकाईका विद्यार्थीहरु सडकमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

दूधे । महिला हिंसा र बलात्कारको घटना दिन दिनै बढ्न थालेपछि विभिन्न सरोकार राख्ने निकायले गम्भिर चासो देखाउन थालेका छन् ।

मुलुकका विभिन्न जिल्लामा भईरहेका बलात्कार लगायत महिला हिंसा विरुद्ध सरोकार राख्ने निकाय र व्यक्तिले सडकमा आन्दोलन र सदनमा चासो देखाउन थालेका हुन् । सोमबार झापाको कनकाई नगरपालिका स्थित कनकाई माध्यमिक विद्यालयका छात्र छात्रले महिला हिंसा विरुद्ध सचेतना र्यालीको आयोजना गरे ।

विभिन्न स्लोगन लेखिएका प्लेकार्डसहित विद्यार्थीले सुरुङ्गा वजार परिक्रमा गरेको कक्षा ११ विज्ञान संकायका विद्यार्थी दिपेश खड्काले जानकारी दिए । हाम्रो यो युद्ध नारी हिंसा विरुद्ध, निर्मलालाई न्याय देउ, दण्ड हिनता वन्द गर शान्ति सुरक्षा कायम गर लगायतका दर्जनौ स्लोगनसहितको प्लेकार्ड बोकेर विद्यार्थी सडकमा उत्रिएका थिए ।

विद्यालय हातावाट निकिस्कएको र्यालिमा सो विद्यालयका कक्षा ९ देखि १२ सम्मका करिव ३५० विद्यार्थी सहभागी थिए । सुरुङ्गाको झापा रोड ,पुर्वपश्चिम राजमार्ग हँुदै क्याम्पस रोडबाट र्याली पुनः विद्यालय हातामा पुगेको थियो । कक्षा ११ र १२, कनकाई वालअधिकार चेतना समुह र कनकाई जुनियर रेडक्रस सर्कलले कार्यक्रमको आयोजना गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *