Sajhamanch Archive

इटहरीका व्यापारीलाई सर्जिकल मास्क पाँच रुपँया भन्दा बढीमा नबेच्न निर्देशन

Published: (Updated: ) in समाज, स्थानीय तह by .

इटहरी । इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिएको छ ।

विहीबार बजार अनुगमनका क्रममा दुई देखि तीन रुपियाँ खरिद मूल्य रहेको मास्क पाँच रुपियाँ भन्दा वढि मूल्मा नवेच्न निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय,उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मी सहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा वेच्ने गरेको पाइएको छ ।

अनुगमनका क्रममा मास्क खरिद मूल्य भन्दा पाँच गुणा सम्म वढिमा वेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले जानकारी दिए । पाँच वटा औषधी पसलको अनुगमन गर्दा चार वटाले त सर्जिकल माक्स खरिद गरेको विल समेत देखाएनन । ९० रुपियाँ खरिद मूल्य रहेको सेनिटाइजर १ सय ६५ रुपियाँमा वेचेको पाइएको छ । राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले तत्काललाई वढि मुनाफा राखेर नवेच्न सचेत गराइएको, सर्जिकल माक्स पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिइएको बताए । निर्देशन पालना गराउन थप कडाइका साथ अघि वढने भटटराईले जानकारी दिए ।

खरिद मूल्य र अधिकतम विक्री मूल्यको अन्तर धेरै पाइएकाले अव उद्योगमै पुगेर समेत अनुगमन गरिने उनले बताए । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले २ रुपियाँ खरिद मूल्य परेको माक्स १० रुपियाँमा वेच्न नमिल्ने बताए । उनले माक्स र सेनिटाइजरमा वढि मूनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर, जिल्ला प्रशासन र राजश्व कार्यालयको वैठक वसेर तीन दिनभित्रमा रिजल्ट आउने गरि एक्सन गरिने बताए । आजै इटहरी उपमहानगरले हटियाँ लाइनका थोक सब्जि पसलहरुको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा हटिया लाइनका भाँडा पसलहरु पनि खुल्ला रहेका पाइए । अनुगमन टोली पुगेपछि हतार हतार वन्द गरेका देखिन्थे । इटहरी उपमहानगरपालिकाले निरन्तर वजार अनुगमन गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *