मेचीनगरले होम आइसोलेसनमा बसेका संक्रमितलाई घर घरै अक्सिजन पुर्याउँदै
Published: (Updated: )
by .विर्तामोड । कोरोना संक्रमित भएका नगरबासीलाई घर घरमै अक्सिजन पुर्याउन मेची नगरले व्यवस्था मिलाएको छ । झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको हो ।
वडा नं।. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।
“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्ने छैन”, ओझाले भने , “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौँ ।” नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ ।
नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पिपिइ, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना सङ्क्रमितको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनले बताए।
Comments