Sajhamanch Archive

स्थानीय बासीको अवरोधका कारण शवदाह स्थलको निर्माण कार्य रोकियो

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, by .

कमल । कमल गाउँपालिका ३ केर्खा खोलामा निर्माणधिन शवदाह स्थलको निर्माण कार्य स्थगित भएको छ ।

कमल गाउँपालिका ३ केर्खा स्थित मुख्य कार्यालय रहेको श्री नवोदय वहुउद्देश्यीय सहकारी संस्था र कमल गाउँपालिका वडा नम्वर ३ को आर्थिक लागानीमा निर्माण हुन लागेको शवदाह स्थलको निर्माण कार्य स्थानिय बासीको अवरोधका कारण निर्माण कार्य स्थगित भएको हो ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत केर्खा खोलाको पुलबाट करिव करिब ५० मिटर उत्तर रतुवामाई वृक्षारोपण आयोजनाको जमिनमा निर्माण हुन लागेको शवदाह स्थल निर्माण भएमा त्यहाँबाट प्रदुषण फैलिन सक्ने भन्दै स्थानिय बासीले निर्माणकार्यमा अवरोध गरिएको बताएइको छ । हामी विकास विरोधि होईनौं तर शवदाहस्थल निर्माणका बारेमा सम्बन्धित पक्षले स्थानिय बासीसँग कुनै जानकारी र छलफलनै नगरी एलौटी रुपमा निर्माण गरिएकाले तत्काल निर्माण कार्य रोकेको स्थानीय होमराज लिम्वुले जानकारी दिए ।

खोलामा पानी प्रयाप्त नभएको र पानी भए पनि खोलाको पानी स्थानीय बासीले आफ्ना चौपायालाई खुवाउनका लागी प्रयोग गर्ने भएकोले बिभिन्न रोग साथै महामारी फैलिन सक्ने भन्दै अवरोध गरिएको लिम्बुको भनाई छ । शवदाह स्थल बनाइसकेपछी शव दाहका लागी दैनिक जस्तो शव आउने भएकोले त्यसबाट निस्किएको धुवा अनि गन्धका कारणबाट स्थानीयलाई प्रतिकुल असर पार्ने, केर्खाबजार पूर्वतर्फको बजार बिस्तार गर्न समस्या हुने लगायतका माग राखेको लिम्बुले बताए ।

लिम्वुका अनुसार कमल गाउाँपलिका र शिवसताक्षी नगरपालिकाको सिमाना कमल खोलामा शवदाहगृह निर्माण गरेमा स्थानिय बासीले सहयोग गर्ने लिम्वुले बताए ।

अहिले शवदाह स्थल निर्माण हुन लागेको ठाउँमा यस भन्दा पहिले पनि फाट्टफुट्ट शवदाह हुँदै गरेको छ । व्यवस्थित शवदाह स्थल नभएका कारण शवदहन गर्न समस्या हुने र पुरै शव दहन नभएका कारण विभिन्न समस्या हुँदै आएको थियो । त्यसैलाई व्यवस्थित गर्नका लागी सहकारीको संयोजनमा वडा कार्यलय सँगको सहकार्यका शवदाह स्थल निर्माण गर्न लागीएको श्री नवोदय वहुउद्देश्यीय सहकारी सस्थाका पुर्व अध्यक्ष तथा शवदाह स्थाल निर्माण समितिका संयोजक दिलिप कुमार चापागाईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *