Sajhamanch Archive

हङकङसँग नेपाल पराजित

Published: in खेलकुद by .

काठमाडौँ ।  मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ ।

जीतका लागि ९६ रनको झिनो लक्ष्य पाएको हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पछ्यायो ।

झिनो लक्ष्य भए पनि नेपाली बलरहरुले हङकङका ब्याट्सम्यानहरुलाई अन्तिम समयसम्म दबाबमा राखेका थिए ।

सन्दीप लामिछानेले १० ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले १–१ विकेट लिएएपछि हङकङका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् ।

तर, हङकङका कप्तान अन्शुमान रथले अर्धशतक बनाएपछि नेपालले हार जोगाउन सकेन । योसँगै नेपालको एशिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

रथले ८२ बलमा ५२ रन बनाए भने किन्चित साहले ११ रनको योगदान दिए ।

यसअघि नेपाल मात्र ९५ रनमा सिमित बनेको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले खेलमा निरिह प्रदर्शन गर्दै ३७.५ ओभरमा अलआउट हुन पुग्यो ।

६ खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

आरिफ शेखले सर्वाधिक १८ रनको योगदान दिए भने अनिल कुमार साह र बसन्त रेग्मीले समान १५ रनको योगदान दिए ।

कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए ।

छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्ने थियो भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्ने थियो ।

नेपाल यसअघि ओमान र संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो ।

रातोपाटी 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *