Sajhamanch Archive

भद्रपुर नगर सरकार कोरोना संक्रमण रोक्न जिम्मेवार भएको दावी

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रमा फैलदो कोरोना संक्रमण नियन्त्रण गर्न नगर सरकार जिम्मेवार भएर लागिरहेको प्रष्ट पारेको छ ।

नगर प्रमुख जीवनकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै नगर बासीको सुरक्षका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरू आफ्नो ज्यानको प्रवाह नगरी निस्वार्थ लागिरहेको प्रष्ट पारेका हुन् ।

विज्ञप्तिमा भनिएको छ—“देश नै कोभिड १९ को दोश्रो लहरबाट प्रताडित भइरहेको अवस्थामा भद्रपुर नगरपालिका पनि अछुतो रहन सकेन । यस महामारीबाट नगरबासीलाई बचाउन जन प्रतिनिधि, स्वाथ्यकर्मी तथा सुरक्षाकर्मी रात दिन खटिरहेका छौं । नगरबासाीले पनि सहयोग गर्दै व्यक्तिगत सरसफाइमा ध्यान दिन, अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कने लगायत स्वास्थ्य मापदण्ड अपनाएर सहयोग गर्न अपील गरिएको छ ।”

केही दिन अगाडि नेपाली काँग्रेसले नगर सरकार कोरोना महामारी नियन्त्रण गर्न जिम्मेवार नभएको आरोप सहित सच्चिन गरेको अनुरोधलाई भद्रपुर नगर सरकारले आफ्नो कार्यशैली बारे प्रष्ट पार्दै विज्ञप्ति जारी गरी उत्तर दिएको छ । प्रतिउत्तरमा नगर सरकार जिम्मेवार भएको प्रष्ट पार्न खोजिएको हो । जसमा नगरबासीको सकारात्मक सहयोगको अपेक्षा समेत गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *