Sajhamanch Archive

कोरोना संक्रमणमबाट अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृतको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको आज दिउसो उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास प्रश्वासमा समस्या आएपछि बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार गराइरहेका उनको वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उनको २ बजेर ३० मिनेटमा निधन भएको प्रजिअ श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । उनलाई वैशाख १७ गते थप उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो ।

संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *