Sajhamanch Archive

समृद्धिको सपना साकार पार्न सरकारलाई कर तिर्नु पर्नेः मन्त्री खतिवडा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समृद्धिको सपना साकार पार्न राजश्व राज्यलाई कर तिर्न सवैसित आग्रह गरेका छन् । भद्रपुर छोटी भन्सारलाई भद्रपुर भन्सारको रूपमा स्तरोन्नति गरी औपचारिक उद्घाटन गर्दै देश विकासका लागि राजश्वमा दलाली नगर्न उनले सुझाएका बताएका हुन् ।

मन्त्री खतिवडाले विकासका नाममा मोलमोलाई गरेर परिवर्तन नआउने उल्लेख गरे । गरिब जनताको लागि काम गर्न आएको उल्लेख गर्दै कसैको मन दुखाएर गरिएको विकास न्यायसङ्गत नहुने उनको धारणा थियो । सरकारमा रहुन्जेल कसैले औला नउठाउने गरी काम गर्ने भएकोले सवैको सल्लाह सुझाव लिने गरेको बताए ।

भन्सारको आवागमनमा भिडभाड हुने भएकोले भन्सार पूर्वाधार विस्तार गर्दै लैजाने उनको भनाइ थियो । भन्सारसँगै अन्य सरकारी कार्यालयहरु सडकमा परेकोले खाली गर्ने शुरुवाती चाडो गरिनु पर्ने सुझाव दिएका थिए ।
विगतमा भद्रपुरमा धानमिलको धूवाँ आउने गर्थो अहिले चियाको धुवाँ आइरहेको उनले बताए ।

चिया उद्योगीले राखेका समस्याको बारेमा छलफल गरिने उनले जनाए । सरकारले भाडामा दिएको चिया उद्योग भन्दा निजी उद्योग सन्तोषजनक रहेको उनले उल्लेख गरे । कञ्चनपुर देखि काँकडभिट्टासम्मको ६ लेनको सडक, काँकडभिट्टा बर्दिवास रेल–वे सेवा, विर्तामोड भद्रपुर सडकको अवस्था, तेस्रो मूलुकमा विजुली व्यापार लगायतको विषयमा गम्भिर छलफल भइरहको उनले बताए । केही हप्ता अघि चीनको विषेशज्ञ टोलीसँगै नदीमा गरिएको अनुगमनपछि गुरुयोजनाका बारेमा छलफल गरिने उनको भनाइ छ ।

कार्यक्रममा राजस्व सचिव शिशिर ढुङ्गानाले भद्रपुर भन्सारलाई जग्गा अभावका कारण तत्काल पूर्णरुपममा सञ्चालन गर्न नसकिने बताए । न्यून बिजकको विषयमा कर्मचारी माथि लाग्दै आएको आरोपलाइ व्यवहारमा उत्तार्नु पर्ने जनाए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, प्रदेश साँसद ओमप्रकाश सरावगी, भद्रपुर मेयर जीवनकुमार श्रेष्ठ,झापा उद्योग सङ्घका अध्यक्ष टिकाराज ढकाल र झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरुले आ–आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *