Sajhamanch Archive

चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इलाम।  इलाममा मंगलबार चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् ।

चट्याङ लागेर माइनगरपालिका वडा नम्बर ६ की २७ वर्षकी कुमारी योङ्गहाङ्ग लिम्बुको ज्यान गएको हो । चट्याङ लागेर घाइते भएकी लिम्बुको स्थानीय क्लिनिकमा उपचारको क्रममा ज्यान गएको हो ।

चट्याङबाट त्यही नगरपालिकाका माया लिम्बु र पवित्रा लिम्बु घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भैरहेको छ ।

घाइतेमध्ये २२ वर्षीया माया लिम्बुको अवस्था गम्भीर रहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयोे । उहाँका अनुसार २२ वर्षीया पवित्रा लिम्बुको अवस्था भने सामान्य रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *