Sajhamanch Archive

शिवसताक्षीका होम आइशोलेसनमा बसेका संक्रमितको घर–घर पुग्दै नगरपालिकाको टोली

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ र १० का कोरोना संक्रमितलाई बुधबार संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै आवश्यकीय औषधि वितरण गरिएको छ । नगर उप प्रमुख भोकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई, वडाध्यक्ष छविलाल पाठक, दूधे आयुर्वेदका कविराज राजेन्द्र पोख्रेल, नगरपालिका डा.सविन सविन ढकाल, नेकपा एमालेका धनबहादुर थेवे र नगर स्वास्थ्य शाखाको टोलीले औषधि वितरण गरेको हो ।

नगरमा सबै भन्दा वढी संक्रिमित भएको वडा ९ रहेकाले संक्रमितहरुको मनोबल उच्च बनाउन नगरपालिकाको टोली संक्रमितको घर घरै पुगेर हौसाला दिएका छन् । डा. सविन ढकालले उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै कोभिड लागेको अवस्था ध्यान दिनु पर्ने कुराहरु जानकारी गराएका थिए । संक्रमितको स्वास्थ्य प्रतिकुल हुँदै गए नगरपालिकामा तत्काल खबर गर्न प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले सुझाइन् । गएको हप्ता कोरोनाका कारण मृत्यु भएका वडा नं.९ चिल्लागढका रिजाल परिवारलाई पनि टोलीले मनोबल उच्च राख्न हौसला दिएको छ । मनोबल उच्च बनाए र भिटामिन युक्त खानेकुराहरु, झोलिलो पर्दाहरु खानेमा कोरोनालाई जित्न सहयोग पुग्ने उपप्रमुख भोजकुमारी नेपालले जानकारी गराइन् ।

टोलीले शिवसताक्षी वडा नं. ९ का १० घर र वडा नं. १० मा रहेका केही संक्रमितहरुलाई औषधि वितरण गरेको नगरका फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।

शिवसताक्षीमा कोरोना भाइरसको दोस्रो लहरमा संक्रमितको संख्या १३० पुगेको छ । जसमा १० जनाले कोरोना तिजेर निको भएका भने १० जना झापाको विभिन्न अस्पतालमा उपचाररत रहेको फोकल पर्सन स्वास्थ्यकर्मी अधिकारीले बताए ।  कोरोनाका कारण ३ जनाले ज्यान गुमाएका छन् ।

हाल नगरपालिकाले कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल सम्म जाने एम्बुलेन्स निशुल्क गरेको छ । त्यस्तै विपन्न वर्गका संक्रमितका लागि कोरोना टेष्ट पनि निशुल्क गर्दै आएको नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *