Sajhamanch Archive

माधव नेपालको योजनाः ‘तत्काल नयाँ पार्टी घोषणा, लगत्तै माओवादीसँग एकता’

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by .

काठमाडौं । एमाले विवाद समाधानका लागि कार्यदलले काम गरिरहेकाबेला नेता माधवकुमार नेपालले आफ्नो सरकारका प्रधानमन्त्री हटाउन विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा हस्ताक्षर गर्नुभयो । उहाँले आफूमात्र होइन, २६ जनाको कीर्ते हस्ताक्षर पनि बुझाउनुभयो ।

२६ मध्ये १५ सांसद मूलधारमा फर्कनुभएको छ । माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुले मात्रै हस्ताक्षरमा सहमति जनाउनुभयो । ११ जनालाई कारबाही गर्ने तयारी भइरहँदा नेता नेपालले नयाँ पार्टी बनाउने औपचारिक निर्णय गर्नुभएको छ ।

नेपाल निकट स्थायी कमिटीको शनिबारको बैठकले नयाँ पार्टी घोषणा गर्ने निर्णय गरेको छ । नेपालले भने यस्तो प्रतिक्रिया दिएका छन्‘ केपी शर्मा ओलीले धकेलेर नयाँ पार्टी खोल्न बाध्य पार्नुभयो ।’ नयाँ पार्टीमा योगेश भट्टराई र गोकर्ण विष्ट नजाने भएका छन् नेता घनश्याम भूसाल भने दोधारमा रहेको बताइएको छ ।

नेपाल निकट स्रोतका अनुसार नेपालले तत्काल नयाँ पार्टी घोषणा गर्ने योजना बनाउनुभएको छ । नयाँ पार्टी र त्यसपछिको पार्टी एकताबारे नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार नै छलफल गर्नुभएको छ ।

नेपाल निकट एक नेता भन्नुहुन्छ, ‘नयाँ पार्टी गठनको केही समयमा नै माओवादीसँग एकता गर्ने तयारी छ । एकतामा झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरुले साथ दिनुहुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *