Sajhamanch Archive

स्काउटले शव व्यवस्थापन टोलीलाई तालिम दिन सुरू गर्यो

Published: in विविधा, समाज by .

भद्रपुर । कोरोना संक्रमणका कारण बढीरहेको मृत्युदर अनुपातमा लास व्यवस्थापनमा देखिन थालेको अभाव घटाउने उद्देश्यले नेपाली सेनाको सहकार्यमा सामाजिक संस्था स्काउटले शव व्यवस्थापन तालिम सुरू गरेको छ ।

भद्रपुर । कोरोनाबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा नेपाली सेना एक्लै खटिरहेकोमा सहयोग पुर्याउन स्काउटले टोली बनाएर तालिम सुरू गरेको हो ।

नेपाल स्काउटको प्रदेश समितिको आयोजना र नेपाली सेनाको प्राविधिक सहकार्यमा आजबाट जेठ १२ गतेसम्म सम्पन्न गर्नेगरी तालिम सुरू भएको स्काउटर अरूण बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार झापा जिल्ला भित्रका १७ जना स्काउटरहरूलाई शव व्यवस्थापनको तालिम दिन सुरु गरेको छ । सो तालिम मा नेपाली सेना २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथि विजय थापाको नेतृत्वमा तालिम दिइएको छ । तालिम लिएका स्काउटरहरूले शव व्यवस्थापनमा नेपाली सेनालाइृ सहयोग गर्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *