Sajhamanch Archive

मध्य रातमा शिवसताक्षीको मंगलबारेमा आगलागी, दुई घर जलेर नष्ट

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज, by .

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. २ मंगलबारे बजारमा गए राति आगलागी भएको छ । आगलागीबाट दुई घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने एक घरमा आंशिक क्षति भएको छ । आगलागीबाट मानविय क्षति भने भएको छैन ।

स्थानीय नन्द कला राई र नेत्र चिमरियाको दुई घर मध्ये एक घर पूर्ण रुपमा क्षति भएको छ भने एक घर आंशिक रुपमा क्षति भएको वडा नं. २ वडाध्यक्ष कुल बहादुर बस्नेतले जानकारी दिए । उनले राईको घरमा टेलर्स रहेको र चिमरियाको घरमा होटल रहेकोमा कुनै पनि समान निकाल्न नपाइएको बताए ।

राती १ः३० बजेबाट सुरु भएको आगो विहान ३ बजे नियन्त्रणमा आएको शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले बताइन् ।

इलाका प्रहरी कार्यालय झिलझिले, स्थानीयबासी, कमल गाउँपालिका, दमक नगरपालिका र गौरादह नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रण गरिएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । क्षतिको विवरण आएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *