Sajhamanch Archive

जापानमा बस्ने नेपालीहरुबाट कमल गाउँपालिकाको बिपत व्यवस्थापन कोषमा रकम प्राप्त

Published: in विविधा, स्थानीय तह by .

कमल । जापानमा बस्ने नेपालीहरुबाट कमल गाउँपालिकाको बिपत व्यवस्थापन कोषमा रकम प्राप्त भएको छ ।

कमल गाउँपालिका वडा नम्वर ३ मा निवासी हाल जापानको यामागुचीमा बस्दै आउनु भएका भुपाल ढुङ्घेल र त्यहाँ सँगै कम्पनीमा काम गर्ने रीउ हिरोकामाले प्रति व्याक्ति १० हजार रुपैयाका दरले जम्मा २० हजार रुपैया कमल गाउँपालिकाको कोभिड १९ को रोकथाम तथा उपचारमा सघाउ पुर्याउने उद्देश्यले सो रकम उपलब्ध गराएका हुन् ।

उनीहरुले उपलब्ध गराएको २० हजार रुपैयाकोको चेक आज भुपालका बुवा शिव ढुङ्घेल मार्फत गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गरिएको छ ।
आगामी दिनमा जापानको यामागुची शहरमा बसोवास गर्ने नेपालीसँग समन्वय गरी थप रकम उपलब्ध गराईने भुपालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *