Sajhamanch Archive

सरकारले गरेका गौरवका आयोजनाहरुको पनि समाचार आउनु पर्नेः अध्यक्ष घिमिरे

Published: in विविधा, समाज by .

कमल । नेकपा एमालेका केन्द्रिय सदस्य तथा १ नम्वर प्रदेश अध्यक्ष देवराज घिमिरेले सरकार विरुद्धमा भएका गतिविधीलाई रोक्न आश्यक भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल झापा शाखाले आज भर्चुअल (जुम) मिटिङ्ग)को माध्यव बाट आयोजना गरेको विश्वव्यापी माहामारिमा पत्रकार र पत्रकारिताको अवस्था तथा वर्तमान राजनीतिक घटनाको विषयमा बैठकका प्रमुख अतिथी समेत रहनु भएका घिमिरेले सो कुरा बताएका हुन् ।

सरकारले अहिले धेरै राम्रा काम गरेको छ । तर त्यसको प्रचार नभएकोले आम नागरिक सहि सुचना पाउनबाट बन्चित भएका छन् । यस्ता गलत समाचारको पे्रस चौतारीले भण्डाफोर गरेर सहिसुचना जनता सम्म पुर्याउन प्रेस चौतारीले भुमिका खेलनुपर्ने अध्यक्ष घिमिरेले बताए ।

त्यसैगरी १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका एमालेका केन्द्रिय सदस्य तथा झापा ईन्चार्ज हिक्मत कुमार कार्कीले पछिल्लो समय कोभिडका कारण छापा मिडिया बन्द भएकाले जनताले हेर्ने भनेको टिभी र अनलाईन पत्रिका मात्र हुन् । त्यसमा सत्यतथ्य समाचार संपे्रशण गर्न अनुरोध गर्दै ती सन्चार माध्यमलाई कसरी भरपर्दो र दिगो रुपमा सञ्चालन गर्न सकिन्छ प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।

सरकारले सन्चालनमा ल्याएका गौरवका योजनाको कतै चर्चा छैन । खाली सरकारको विरोध मात्र छ । यस तर्फ सबैको ध्यान जान आवश्यक छ । सरकारले सन्चालन गरेका कामको व्यापक रुपमा पचार प्रसार गर्न आवश्यक रहेको संविधान सदस्य दिपक कार्र्कीले बताए ।
त्यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका १ नम्वर प्रदेश अध्यक्ष गणेश पोख्रेल, प्रादेशीक संचार प्रतिष्ठानका सदस्य गोपाल काफ्ल, अग्रज पत्रकार माधव विद्रोही, प्रधानमन्त्रीका पुर्व प्रेस संयोजक चेतन अधिकारी, विष्णु पोख्रेल, सरोज पौडेल लगायतले कोभिडका कारण थला परेका मिडिया हाउस र कार्यरत पत्रकारका विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रम प्रेस चौतारी नेपाल झापा शाखाका अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो भने मिनप्रकाश उप्रेतीले सञ्चालन गर्नु गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *