झरीको बाबजुत पनि संक्रमितको घर घरमा औषधि बोकेर पुग्छन् शिवसताक्षीका स्वास्थ्यकर्मी अधिकारी
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले कोरोनाका सक्रिय संक्रमितलाई झरी बाबजुत पनि संक्रमितको घर घरमा गई औषधी वितरण गरेको छ ।
नगरपालिकाका स्वास्थ्यकर्मी रोसन अधिकारीले आज शिवसताक्षी नगरपालिका वडा न. १० का ८१ र ५४ वर्षीय संक्रमित र ११ का सक्रमितलार्ई औषधि वितरण गरेको हो । नगर भित्रका संक्रमितहरु मध्ये दिर्घ रोगी र बृद्धबद्धालाई विषेश ध्यान दिई पानी झरीको बाजजुत पनि आवश्यक औषधीहरु वितरण स्वास्थ्य कर्मी अधिकारीले बताए ।
नगरपालिकाले यस बुधबार शिवसताक्षी ११ का ८५, ५४, र ४० वर्षीय संक्रमितलाई घरैमा गएर औषधि वितरण गरेको थियो । उनीहरुलाई दुधे आयुर्वेद औषधालयले उपलब्ध गराएको इम्युनिटी पावर बढाउने र अन्य ज्वरो, टन्सील लगायतका कोरोना संक्रमितका लागि आवश्यक पर्ने औषधी वितरण गरेको दूधे आयुर्वेदक कविराज राजेन्द्र पोख्रेलले जानकारी दिए ।
कोरोना भाइरसको दोस्रो लहरमा हाल शिवसताक्षी नगरपालिकामा ६२ महिला र ७० पुरुष गरी १३२ जना होम आइसोलेशनमा बसेका छन् । कोरोना संक्रमित उपचारका लागि २ महिला र ६ पुरुष गरी ८ जना झापाका विभिन्न अस्पतालमा उपचारत रहेको नगरपालिकाले जनाएको छ । होमआइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको र अस्पतालमा उपचारत संक्रमितहरु सुधारउन्मुख रहेको स्वास्थ्कर्मी अधिकारीले बताए ।
हालसम्म नगर भित्र कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
Comments