Sajhamanch Archive

यस वर्ष सञ्चार गृहको नविकरण छुट

Published: in विविधा by .

काठमाडौं । यस वर्ष सञ्चार गृहको नविकरण छुट गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज २०७८र७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै यो वर्ष सञ्चार गृहको नविकरण छुट गरिएको घोषणा गरेका छन् ।

सरकारले बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । हालको कायम रहेकोे रकममा १ हजार वृद्धि गरेर ४ हजार पुर्‍याइएको हो ।

त्यस्तै, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाएर १ खर्ब २२ अर्ब ७७ करोड पुर्‍याएको छ ।

आज अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८÷७९ को आय(व्यय वक्तव्य सार्वजनिक गर्दै मन्त्रालयको बजेट बढाएको जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न विभिन्न कार्यक्रम ल्याएको सरकारले स्वास्थ्यको बजेट बढाएको हो ।

त्यस्तै, उनले काठमाडौंमा तीन सय शय्याको सरुवा रोग अस्पताल बनाउने बताए ।

एक सय शय्याभन्दा बढीका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट स्थापना गर्ने, कोभिड जोखिम भत्तालाई यथावत्, सातै प्रदेशमा सरुवा रोग अस्पताल तथा स्थानीय तहको स्वास्थ्य अनुदानमा वृद्धि गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *