Sajhamanch Archive

टोल टोलमै पुगेर स्वाव संकलन गर्दै इटहरी उप महानरपालिका

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमा पुगी निशुल्क एन्टिजेन परीक्षण जाारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

उनका अनुसार हालसम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरै जना विरामी भएकाले उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिएको छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह गरिन्छ ।

समूदायमा कोरोना संक्रमण फैलन नदिन र लागिहाले होम आइसोलेसनमा वस्दा अपनाउनु पर्ने सावधानीका वारेमा पनि जानकारी दिने गरिएको छ । यसैगरि इटहरी रंगशालामा उपमहानगरले विहान ८ वजेदेखि १० वजे सम्म निशूल्क पिसिआर परीक्षण जारी राखेको छ । दिनमा सय वढिको स्वाव संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शूल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरवासीका लागि निशूल्क परीक्षण गरिरहेको हो । अहिले परीक्षण गरेकै दिन पनि रिर्पोट आउने गरेको छ स्वास्थ्य शाखाकी पुजा भटटराईले भनिन् “हिजो स्वाव संकलन गरेकै दिन रिर्पोट आयो ढिलो हुदाँ पनि भोलिपल्ट त आँउछ । ” प्रदेश ल्यावमा पनि परीक्षणको दायरा वढाउनका लागि प्रदेश सरकार सँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए ।

इटहरी उपमहानगर स्वास्थ्य शाखाले संक्रमितहरुलाई फोन गरेर उहाँहरुको स्वास्थ्य अवस्था वुझने र सल्लाह दिने गर्दै आएको छ । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोली सहित संक्रमितहरुको घर घरमै समेत पुग्ने गरेका छन् । इटहरी अस्पतालले विज्ञहरु राखेर संक्रमितहरुसँग जुम छलफल कार्यक्रम समेत गरेको छ । इटहरी उपमहानगरले कोभिड संक्रमित विरामीका लागि दुई वटा एम्वुलेन्स २४ घण्टै तैनाथ गरेको छ । इटहरी उपमहानगरले इटहरी रंगशालामा संचालन गरेको ५० वेडको अक्सिजन सहितको आइसोलेसनवाट संक्रमित नगरवासीले सेवा लिइरहेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *