Sajhamanch Archive

शिवसताक्षीमा आज गरिएको १२ जना एन्टिजेन परीक्षणमा ३ जना पोजेटिभ, हालसम्म १४८ जना संक्रमित निको भए,

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमितको संख्या २७२ पुगेको छ । जसमा ५६ महिला र ७५ पुरुष गरी १३१ जना सक्रिय संक्रमित रहेका छन् भने ७३ महिला र ७५ पुरुष गरी १४८ जना निको भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । शिवसताक्षीमा कोरोना भाइरसबाट हालसम्ममा ३ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी शिवसताक्षी नगरपालिकाको कोभिड अस्पतालमा आज गरिएको ११ जनाको एन्टिजेन परीक्षणमा ३ जनाको रिर्पोट पोजेटिभ आएको छ । सामान्य रुघा, खोकी र घाँटी दुखाई भएका वडा नं. २, ८, १० र ११ का १२ जनामा गरिएको परीक्षणमा ३ जनाको रिर्पोट पोजेटिभ आएको नगरका फोकलन पर्सन रोसन अधिकारीले जानकारी दिए ।

हाल शिवसताक्षी नगरपालिकाको आइशोलेसशनमा ४ जना संक्रमित उपचाररत छन् उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको फोकल पर्सन अधिकारीले बताए ।

अस्पतालमा डा. सविन ढकाल सहित ४ जनाको टिमले सेवा दिइहेको छ । शिवसताक्षी नगरपालिकाको बजार भन्दा गाउँ गाउँमा कोभिड पोजेटिभ देखिन थालेको छ । बजार बन्द भएपनि गाउँमा माक्स, सेनिटाइजर र समाजिक दुरी कायम नगर्दा कोरोना फैलिएको वडा नं. ११ अध्यक्ष भैरव कुमार श्रेष्ठले बताए । उनले भने, गाउँमा एक जना पोजेटिभ देखिएको ५ दिन अरु पनि पोजेटिभ केस देखिन्छन् । गाउँमा लकडाउनको प्रभाव नपर्दा कोरोना भाइरस नियन्त्रणमा समस्या आएको उनको भनाई छ। उनले सबैलाई गाउँमा पनि अनिवार्य मास्क, सेनिटाइजर र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *