शिवसताक्षीमा थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ पुग्यो
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ की २८ वर्षीय रचना आङदेम्बे ओलीको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु हिजो बेलुकी मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
उनमा जेष्ठ १५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको नगरपालिकाका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं. ८ की ६८ वर्षीय नरमाया थापाको कोरोना संक्रमित बृद्धाको पनि हिजो बेलुकी उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन अधिकारीले जानकारी दिए ।
उनलाई जेष्ठ २७ गते कोरोना पोजेटिभ देखिएपछि दमकको एडभान्स अपस्तालमा उपचार भर्ना गरिएको थियो । थापालाई पहिलेदेखि नै स्वास प्रश्वास सम्बन्धि समस्या रहेको बताएको छ । उनीहरुको सव फोकल पर्सन रोसन अधिकारीको नेतृत्वमा स्काउटको टोली व्यवस्वस्थापन गर्ने नगरपालिकाले जनाएको छ ।
Comments