सिम्रिक साकोसद्वारा मृतक सदस्य कटवालको एकलाख रुपैयाँको ऋण मिनाहा
Published: (Updated: )
by .बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एक सदस्यको मृत्युपछि उनको नाममा रहेको ऋण मिनाह गरेको छ ।
संस्थाको दाम्राभिट्टा सेवा केन्द्र अन्तरगतका सदस्य ललितबहादुर कटवालको सवारी दूर्घटनामा परी मृत्यु भएपछि उनले लिएको एक लाख रुपैयाँ ऋण मिनाह गरेको जनाइएको छ ।
संस्थाका कर्जा विभाग प्रमख कृष्णप्रसाद कडरिया, आईटी विभाग प्रमुख यामबहादुर बिष्ट, दाम्राभिट्टा सेवाकेन्द्र प्रमुख इन्दू घिमिरेसहितको उपस्थितिमा मृतक सदस्यको परिवारलाई ऋण मिनाहको पत्र बुझाइएहो ।
संस्थाका जनशक्ति विभाग प्रमुख मिनबहादुर अधिकारीका अनुसार मृतक ललित बहादुरको आत्माको चीर शान्तिको कामना गर्दै संस्थाको तर्फबाट श्रद्धान्जलीसमेत अर्पण गरिएको थियो । उनका अनुसार संस्थाले आफ्ना ऋणि सदस्यको मृत्यु भएको अवस्थामा बाँकी ऋण मिनाहा गर्ने कार्यलाई प्रारम्भदेखि नै गर्दै आएको संस्था छ ।
Comments