Sajhamanch Archive

साप्ताहिक हाट लाग्ने दूधे बजारको टहरा स्तरोन्नती

Published: in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका दूधेमा साप्ताहिक हाट लाग्ने टहराको स्तरोन्नती गरिएको छ । शिवसताक्षी ११ दूधेमा हाडबजार लाग्ने टहरा बर्षौ पछि स्तरोन्नती गरिएको हो । हाल सो स्थानमा ५ ओटा टहरा निर्माण गरिएको छ ।

संसद विकास कोष र वडा नं. ११ को लगानीमा दूधे बजार विकास समितिले उपभोक्ता समिति मार्फत टहरा निर्माण गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं.११ बाट १८ लाख ८९ हजार र संसद विकास कोषको १२ लाख २२ हजार गरी ३१ लाख ११ हजार ४ सय ११ लागतमा टहरा, बजार एरियामा माटो भरी ग्रेडिङ्ग रोलिङ्ग गरिएको वडा नं. ११का वडाध्यक्ष भैरव कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त टहरमा कम्तिमा ४० ओटा पसल सञ्चालन गर्न मिल्ने छ । त्यसै गरी बजार विकास समितिले सो स्थानमा रहेको पुराना टहरा १ लाख ६० हजारमा विक्री गरी रकम नगरपालिकालाई बुझाएको जनाएको छ ।
टहरा २० फुट चौडाई र ४० फुट लम्बाई र एस एम प्लेट सहित निर्माण गरिएको नगरपालिका प्राविधिक राम खतिवडाले बताए ।
टहराको शिवसताक्षी नगरपालिकाकी उपमेर भोकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई र प्राविधिक राम खतिवडाले अवलोकन गरेका छन् ।

वर्षौ अघिदेखि लाग्दै आएको दूधे बजारमा व्यापारीले भोग्दै आएका पीडा यसपालिदेखि हल भएको उपमेयर भोजकुमारी नेपालले बताइन् । पानी पर्दा बजारमा भएका पुराना टहरा देखि पानी चुहिने, र बजार भित्र पानीको भल पसेर बजार उठाउनु पर्ने बाध्यता अब नरहेको उपमेयर नेपालको भनाई छ । उनका अनुसार अब नगर भित्रका सबै साप्ताहिक लाग्ने हाट बजारहरुलाई व्यवस्थित गर्दै लगिने छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ र संसद विकास कोषको रकमबाट उक्त टहराहरु निर्माण गरिएको वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले जानकारी दिए । टहरामा ४० बढी पसलहरु राख्न मिल्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *