Sajhamanch Archive

अमेरिकी र्‍यापर म्याक मिलर काेठामै मृत भेटिए

Published: in राष्ट्रिय समाचार by .

चर्चित अमेरिकी र्‍यापर म्याक मिलर क्यालिफोर्नियाको लस एञ्जलसमा रहेको आफ्नै घरमा मृत भेटिएका छन् ।

२६ वर्षीय म्याकको मृत्यु अत्याधिक लागुपर्दाथ सेवनका कारण भएको बताइएको छ । उनले पहिले पनि आफूले अत्याधिक मात्रामा लागुपदार्थ सेवन गर्ने गरेको स्वीकारेका थिए । हालसालै उनको एउटा एलबम ‘स्विमिङ’ रिलिज भएको थियो, जसका लागि उनी सांगीतिक भ्रमणमा पनि थिए ।

सन् २०११ मा मिलरले पहिलो एलबम ल्याएका थिए । त्यसपछि उनी युवा पुस्ताबीच निक्कै नै लोकप्रिय थिए । यसै वर्षको सुरुवातमा गायिाका आरियाना ग्र्यान्डसँग मिलरको ब्रेकअप भएको थियो ।

मिलर र आरियानको पहिलो भेट सन् २०१२ मा भएको थियो । दुवैले एउटा कन्सर्टमा कैयौं गीत पनि गाएका थिए ।

लागुपदार्थ सेवन गरेकोमा गिरफ्तार भएका थिए

गएको मे महिनामा नशालु पदार्थ सेवन गरेको आरोपमा मिलर पक्राउ परेका थिए । मिल पक्राउ पर्नुमा आरियाना दोषी रहेको आरोप पनि लगाइएको थियो । त्यसपछि आरियानाले सार्वजनिक रुपमै म्याकसँगको ‘टक्सिक रिलेसन’ समाप्त भएको बताएकी थिइन् ।

उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘म कोही बालकलाई सम्हाल्ने धाई वा आमा त होइन । कुनै पनि महिलालाई यो बन्न आवश्यक पनि छैन । यतिका वर्ष म उनले नशालु पदार्थ सेवन छोड्लान भन्ने सोचेरै सँगै बसेकी थिएँ । तर उनले त्यसो गरेनन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *