Sajhamanch Archive

कोरोनाबाट शिवसताक्षीका होटल व्यवसायी विमलीको मृत्यु

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा न.१० का ६१ वर्षीय टंक विमलीकोे हिजो राती उपचारको क्रममा विर्तासिटी अस्पतालमा विर्तामोडमा मृत्यु भएको हो ।

गएको जेष्ठ २८ गते एन्टिजेन पोजेटिभ देखिएर स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई आषाढ २ गते अस्पताल भर्ना गरिएको शिवसताक्षीका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । उनका अनुसार गएराति १२ः४५ बजे उनको मृत्यु भएको हो । उनको सव व्यवस्थापन स्काउटको टोलीले कनकाई माईमा गरिने बताइएको छ ।

मृतक दोमुखमा दुई दशक देखि होटल व्यवसाय गर्दै आएका थिए । उनले यस अघि नियमित प्रेसर, दमको औषधि खाँदै थिए ।
शिवसताक्षी नगरपालिकामा कोरोनाको दोस्रो लहरमा हाल सम्म ८ जनाको मृत्यु भइसकेको छ । त्यसै गरी हाल नगरकामा ३५८ संक्रमित मध्ये २२१ जना निको भइसकोका छन् भने १८८ जना सक्रिय संक्रमित रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *