लाफादी खोलामा पुल निर्माण
Published: (Updated: )
by .कमल । कमल गाउँपालिका वडा नम्वर १ स्थित लाफादी खोलामा ट्रष्ट पुल निर्माणको काम सम्पन्न भएको छ ।
वडा नम्वर १ स्थित सरङ्गपाडा बजार र लाफादी गाउँको बिचमा पर्ने लाफादी खोलामा ट्रष्ट पुल निर्माणको कार्य सम्पन्न भएको हो ।
पुल नभएका कारण समस्या भोग्दै आएका यहाँका स्थानियलाई पुल निर्माण भएपछि वर्षाका समय खोला तर्न सहज भएको छ ।
यस अघि स्थानिय वासी वर्षाका समयमा खोला तर्न ३ किलोमिटर उत्तर ढ्याङ्ग्रे बजार र ६ किलोमिटर दक्षिण बैगुनधुरा बजार पुग्नु पर्ने बाध्यता थियो ।
लाफादीका स्थानिय वासी सामान किन्न सरङ्गपाडा बजार आउने र फर्किने बेलामा खोलामा बाढी आएका कारण घर फर्किनलाई ३ किलोमिटर उत्तर ढ्याङ्ग्रे बजार र ६ किलोमिटर दक्षिण बैगुनधुरा सम्म घुम्नुपर्ने हुन्थ्यो । पुल निर्माण भएसँगै त्यो सबै समस्या हटेको ढ्याङ्ग्रेखोला झोलुङ्गे पुल निर्माण समितीका अध्यक्ष पुन्य राया बताउँछन् ।
Comments