Sajhamanch Archive

युवा लक्षित कार्यक्रमका लागि नगरपालिकाको ध्यानाकर्षण

Published: (Updated: ) in समाज, स्थानीय तह by .

झापा । अबको बजेटमा आफुहरुका मागहरु समेट्नु पर्ने भन्दै बिर्तामोडका युवाले आवाज उठाएका छन् । मुलुकको समग्र जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाका लागि युवा नीति तथा कार्यक्रम ल्याउनु पर्ने भन्दै राष्ट्रिय युवा संघ बिर्तामोड नगरकमिटिले नगरपालिकालाई ध्यानाकर्षण गराएको हो ।

बिभिन्न समयमा भएका क्रान्तिहरुमा युवाहरुको ठूलो योगदान भए पनि अन्तत उनिहरु बिदेशिन बाध्य भएकोले श्वदेश मै रोजगारी शिर्जनामा स्थानियतहले योजना बनाउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । उनीहरुलाई बिदेश पलायन हुनबाट रोक्न राष्ट्रिय युवानिति, २०७२ र युथभिजन २०२५ का निर्देशक सिद्वान्त, रणनिति र योजनालाई आत्म साथ गर्दै नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको हो ।

लघु उद्यम, सिपबिकास तालिम, व्यवसायिक कृषि, बिदेशमा सिकेका सिपलाई स्वदेशमा प्रयोग गर्नका लागि आवश्यक प्रस्तावका आधारमा योजना बनाउने लगायतको व्यवस्था गर्न नगरपालिकालाई सुझाव दिईएको छ । त्यसैगरि होमस्टे लगायतका व्यवसायिक क्षेत्र, युवा रोजगार प्रवर्धन केन्द्र, युवा आइटि पार्क, युवा प्रतिभा प्रोत्साहन कोष स्थापना, खेलकुद लगायत क्षेत्रलाई नगरपालिकाको बजेटमा समेट्नु पर्ने युवाहरुको आवाज रहेको छ ।

राष्ट्रिय युवा संघ बिर्तामोड नगर कमिटिका अध्यक्षपारस संग्रौला, बिर्तामोड नगर इन्चार्ज केशव भण्डारी लगायत करिव २० जनायुवाहरु नगरपालिकामा उपस्थित भएर नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । उनिहरुले युवाहरुको अनुभव आदान प्रदानका लागि नगर युवा सम्मेलन तथा यूवा महोत्सवको आवश्यकता रहेको तर्पm समेत नगर प्रमुखको ध्यानाकर्षण गराएकाथिए ।

युवाहरुमा एच.आइ.भि. लगायतका प्राण घातक रोगबारे सचेतना, युवा स्वयस सेवक परिचालन कार्य बिधि तर्जुमा लगायतमा नगरपालिकाको चासो हुनुपर्ने समेत बताए । ध्यानाकर्षण पत्र बुभ्mदै नगर प्रमुख शिवाकोटीले युवाहरुलाई धन्यवाद दिएका थिए । बजेट बाडफाडको चरणमानै यस्ता युवा लक्षित प्रस्ताव ल्याएको भन्दै शिवाकोटीले यो यसको राम्रो अध्ययन गर्दै अगाडी बढ्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *