Sajhamanch Archive

कमल गाउँपालिकाको ढ्याङग्रे खोलामा पक्की पुल निर्माण

Published: in विविधा, स्थानीय तह by .

कमल । कमल गाउँपालिका वडा नम्वर २ स्थित ढ्याङग्रे खोलामा पक्की पुल निर्माणको काम सम्पन्न भए सँगै वर्षैभरी यातायात सञ्चालनमा सहज हुने भएको छ ।

गाउँपालिकाको वडा नम्वर २ स्थित क्याम्पा र समायगढ बजारको बिचमा पर्ने ढ्याङग्रे खोलामा पुल नभएका कारण वर्षायाममा क्याम्पा र समायगढ बजार बिच आवतजावत बन्द हुन्थ्यो । पुल निर्माणको काम सम्पन्न भएपछि अव वर्षैभरी आवतजावतमा सहज हुने भएको वडा नम्वर २ का अध्यक्ष तारानाथ न्यौपानेले बताए ।

उक्त पुल ३५ लाख ४३ हजार ६२७ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको पुल सन्चालनमा आएपछि कमल गाउँपालिको केखा, क्याम्पा ,समायगड , बाँसवारी हुँदै गौरादह सम्म पुग्नकालागी सहज भएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

अब स्थानीय बर्खाको समयमा सामान्य समान खरीद गर्न देखी विरामी भएको बेला औषधी किन्नका लागी समेत धेरै घुमेर मात्र बजार आउनु पर्ने बाध्यता हटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *