Sajhamanch Archive

सदस्य उपहार योजनासहित आदर्श साकोसको साधारणसभा सम्पन्न

Published: (Updated: ) in सहकारी by .

दूधे । शिवसताक्षीको दूधे स्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाले तेह्रौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभामा सहकारीले २०७४।०७५को आय व्यय सार्वजनिक गरेको हो ।

संस्थाले गएको आ.व.मा  ५३ लाख ८९ हजार १८६ आम्दानी र ३६ लाख ५३ हजार ७५४ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै १७ लाख ३५ हजार ४३२ रुपैया खुद नाफा कमाएको संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले बताए ।

संस्थाका अध्यक्ष थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सदस्यहरुको दुर्घटना विमालाई ३ लाख कायम गरिएको बताए । उनले महिला सदस्य सुत्केरी हुँदा गराईने रकमलाई निन्तरता दिदै सदस्य मृत्यु राहत कोषमा १ हजार जम्मा गर्ने सदस्यको मृत्यु भएमा रु १० हजार रकम उपलब्ध गराउँदै आएको जानकारी दिए ।

सहकरीले सो साधारण सभामा शेयर सदस्य उपहार योजना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका शेयर सदस्यहरु नामलाई गोलाप्रथाबाट चयन गरी तेह्रओटा उपहार सदस्हरुलाई प्रदान गरेको छ । जस अन्तर्गत सदस्य सरीता कुमारी लिम्बुले प्रथम पुरस्कार साइकल प्राप्त गरेकी छिन् । त्यस्तै दोश्रो पुरस्कार हटकेस सदस्य हरिभक्त माझीले प्राप्त गरे । त्यस्तै गरी तेश्रो पुरस्कार सदस्य अनुपस्थित भएका कारण सहकारीले संस्थाकै सम्पतीको रुपमा राख्ने संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोखरेलले बताए ।

त्यस्तै सारिका लिम्बु, हसिना तामाङ्ग, जगेनलाल चौधरी लगायत १३ जनाले पुरस्कार प्राप्त गरेका थिए ।

साधारण सभामा कोषाध्यक्षको प्रतिवेदन कमल सेन्चुरीले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोखरेलले प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *