अनेरास्ववियूले भद्रपुर नगर सरकारलाई बुझायो ५ बुँदे ज्ञापनपत्र
Published:
by .भद्रपुर । अनेरास्ववियु भद्रपुर नगर कमिटीले ५ बुँदे माग राख्दै भद्रपुर नगर सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
नगर कमिटीका इन्चार्ज सरोज ढकाल तथा संयोजक पवन धमला नेतृत्व टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई नगरको वजेट मै समेटेर शिक्षण सुधार कार्यक्रम ल्याउन माग राखी ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा नगर सरकारले कम्तीमा २० प्रतिशत रकम विनियोजन गर्नु पर्ने, भौतिक रूपमा विद्यालय सञ्चालन हुनु पूर्व कोभिड १९ विरूद्धको खोप लगाइनु पर्ने, कक्षा १२ सम्मको शिक्षा पूर्ण निशुल्क हुनु पर्ने, भद्रपुर नगर क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई अनिवार्य निशुलक विमा गरिनु पर्ने, नगर भित्रका सवै विद्यालयमा शुद्ध पिउने पानी प्रबन्ध हुनु पर्ने लगायत माग गरेर ज्ञापनपत्र बुझाइएको हो ।
Comments