Sajhamanch Archive

जिल्ला समन्वय समितिले रोकिदियो, रतुवामा लगाउँदै गरेको तटबन्धको निर्माण कार्य

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

कमल । दमक नगरपालिकाले रतुवा नदीमा एकलौटी रुपमा तटबन्धन निर्माण गरेको भन्दै जिल्ला समन्वय समिती झापाद्वारा तत्काललाई तटबन्धन निर्माण नगर्न निर्देशन दिएको छ ।

नगरपालिकाले वडा नम्वर १ स्थित नमुना टोल पुर्व रतुवा खोलामा अवैध रुपले तार जाली प्रयोग गरेर तटबन्धन निर्माण गरेका कारणले कमल गाउँपालिकाको वडा नम्वर ५ लाई प्रत्यक्ष असर पुग्ने हुँदा अहिले तत्कालका लागी तटबन्धनको निर्माण कार्य बन्द गर्न जिल्ला समन्वय समिती झापाको कार्यालयले नगरपालिकालाई निर्देशन दिएको हो ।

तटबन्धन निर्माण गर्दा सम्बन्धित पालिकाका जनप्रतिनिधीको सहमतिमा मात्र बाँध निर्माण गर्ने व्यावस्था मिलाउन समेत समन्वय समितीले नगरपालिकालाई आदेश दिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *