कमल गाउँपालिकाको नवौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, बजेट भोली आउदै
Published: (Updated: )
by .कमल । कमल गाउँपालिकाको नवौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
गाउँपालिकाको आजबाट सुरु भएको नवौं गाउँसभामा गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले आगामी आर्थिक वर्ष २०७८÷७९ मा सन्चालन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् भने भोली बजेट प्रस्तुत हुने जानकारी गराएकी थिइन् ।
प्र्र्र्रस्तुत नीति तथा कार्यक्रममा कमल गाउँपालिकामा स्थाई ठेगाना भई पालिका भित्र सन्चालनमा रहेका प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई छात्रा बृत्ति, प्राविधिक विषय अध्ययन गर्न चाहने लोपउन्मुख जाती (सतार, सन्थाल, झागर) लगायतका जातिलाई गाउँपालिकाले निशुल्क पढाइदिने व्यवस्था मिलाउने बताइएको छ । गाउँपालिकाका ८ सय ४५ जना विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा, सिचाईमा प्रयोग गरिने, मोटरमा लाग्ने विद्युत शुल्कमा ( फागुन, चैत, बेशाख र जेठ) विद्युत महशुलमा छुट गरिने छ । अध्यक्ष जिविको पार्जन कार्यक्रम अन्र्तगत सिपमुलक कार्यक्रम ,बाख्राका पाठा वितरण, ठेला भ्यान वितरण, गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी अविभावक नभएका बालबालिकाहरुलाई गाउँपालिकाले अविभावकत्व लिने, गाउँपालिकामा भएका ३५ जना अपाङ्गलाई पायक पर्ने सहकारीमा एक हजार रुपैयाको शेयर खरिद गरिदिने, विपन्न परिवारलाई खानेपानीको धारा निःशुल्क जोडिदिने जस्ता लोक प्रिय कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ । प्रस्तुत नीति तथा कार्यक्रम सन्चालन गर्नका लागी आवश्यक पर्ने बजेट भोली प्रस्तुत हुने कार्यतालिका रहेको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए । अन्य स्थानिय तहले नीति तथा कार्यक्रम र बजेट एकै दिन प्रस्तुत गर्ने र पारित गरेको भएता पनि कमल गाउँपालिकाले यसलाई फरक तरिकाले सञ्चालन गरेको छ ।
Comments