कमल गाउँपालिकाका उत्कृष्ट कर्मचारी तथा शिक्षक सम्मानित
Published: (Updated: )
by .कमल । उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्दै कमल गाउँपालिकाको नवौ गाउँ सभा सम्पन्न भएको छ ।
गाउँपालिकाको नवौं गाउँ सभाको तेस्रो दिन गाउँपालिका भित्रबाट छनौटमा परेका उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्दै विभिन्न विधेयक पास गरेको हो ।
उत्कृष्ट कर्मचारीतर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको छ । कर्मचारीतर्फ तोपगाछी स्वास्थ्य चौकीमा ल्याव असिन्टेनमा कार्यरत गीता न्यौपाने, सहायक महिला विकास निरीक्षक रेनुका गौतम , वडा नम्वर २ का वडा सचिव देविप्रसाद फुएल, वडा नम्वर ५ का कार्यरत कार्यालय सहयोगी अनतिा ताजपुरीयालाई जनहि १० हजार नगद सहित सम्मान पत्र द्वारा पुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी सामुदायिक विद्यालयका शिक्षकतर्फ महेन्द्र रत्न माध्यमिक विद्यालय कमल २ मा कार्यरत शिक्षक प्रदिप राई, कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय कमल २ मा कार्यरत शिक्षक पुस्ता राई , र वालविका केन्द्र अन्तर्गत ज्योति आधारभुत विद्यालय कमल ४ मा कार्यरत विमला सापकोटा र मंगलमय माध्यमिक विद्यालय कमल ५मा कार्यरत संचिता राजवंशीलाई जनहि १० हजार नगद सहित सम्मान पत्र द्वारा सम्मान गरिएको अधिकृत श्रेष्ठले बताए ।
सभाले नीति तथा कार्यक्रम, बजेट र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधयेक, न्यायिक समिति कार्य विधि संशोधन विधयेक. न्यायिक समितिको प्रतिवेदन, समसामयिक महत्वको विषयहरु पास गरेको छ ।
त्यसैगरी सिन्धुपाल्चोकको मेलम्ची र हेलेम्बुमा गएको प्राकृतिक विपदमा परेकाकालागी सहयोगका लागि गाउँपालिकाबाट एक लाख रुपैया सहयोग गर्ने निर्णय समेत सभाले पारित गरेको छ ।
Comments