Sajhamanch Archive

सुत्केरी महिला र बृद्धाहरुलाई स्वास्थ्य समाग्री

Published: in विविधा, समाज by .

मेचीनगर । धुलाबारी मखमली महिला विकास संस्था मेचीनगरले विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

संस्थाले आइतबार मेचीनगर–१० खयरडाँगीका विपन्न, दलित, आदिवासी, जनजाति महिलाहरुलाई भिटामीन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर, फेसशिल्ड, पानीलगायतका सामग्री वितरण गरेको हो ।

संस्थाकी अध्यक्ष माया गुरुङले कोभिड १९ को संक्रमणका कारण सुत्केरी र बृद्धा महिलाहरु बढी जोखिममा पर्ने हुँदा उनीहरुलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री वितरण गरेको बताइन् । खयरडाँगीका ४० बढी महिलाहरुले स्वास्थ्य सामग्री पाएका छन् ।

संघीय सांसद राम कार्कीको सांसद विकास कोषबाट प्राप्त आर्थिक सहयोगबाट स्वास्थ्य सामग्री पाएपछि स्थानीय ७५ बर्षीय सुष्मा दनुवारले खुशी हुँदै संस्थालाई धन्यवाद दिएकी थिइन् ।
कार्यक्रममा पत्रकार, स्वास्थ्य स्वयम्सेविका, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *