कमल गाउँपालिकामा प्रशासनिक भवनको उद्घाटन
Published: (Updated: )
by .कमल । १ नम्वर प्रदेशका सुशासन तथा योजना सभापति अर्जुन राईले झापाको कमल गाउँपालिका वडा नम्वर ५ को प्रशासनिक भवनको एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।
सभापति राईले उक्त भवन २०७७ साल बैशाख २७ गतेका दिन आफैले शिलान्यास गरेका थिए ।
स्थानिय चिन बहादुर कार्की र चन्द्रकला कार्कीले विशुलक उपलब्ध गराएका १७ धुर जग्गामा प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम झापा क्षेत्र नं ५ (ख) बाट २५ लाख र कमल गाउँपालिका बाट ५४ लाख रुपैयागरी जम्मा ७९ लाख रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।
गाउँपालिकाको वडा नम्वर ७ ले यस अघि नै प्रसाशनिक भवन निर्माण गरि नयाँ भवनबाट नागरिकलाई सेवा प्रदान गरिरहेको छ भने वडा नम्वर ५ ले साविक लखनपुर गाउँ विकास समितीको कार्यालयबाट सेवा प्रभाव गरिरहेको छ । बाँकी वडाले पनि आर्थिक वर्ष २०७८÷०७९ को अन्त्य सम्ममा भवन निर्माणको काम सम्पन्न गर्ने गरि तयारी भै रहेको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिएकी छिन् ।
वडा नम्वर ५ का वडा अध्यक्ष डम्वर बहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समितीका संयोजक बलराम गजुरेलले समयमा भवन निर्माण सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद दिएका थिए ।
त्यसैगरी साविक लाखनपुर गाउँविकास समितीका अध्यक्ष भोजकुमार घिमिरे, नेपाली काँग्रेका पुर्णा नन्द दाहाल, राप्रपाका विष्णु पौडेल लगायतले समयमै भवन निर्माणको काम सम्पन्न भएकोमा खुशि व्यक्त गरे । कार्यक्रम वडा सचिव रिता कार्की (रिजाल)ले सन्चलालन गरेकी थिइन् ।
Comments