शिक्षक भनेको विद्यार्थीहरूको महत्वपुर्ण पाटो हो ।शिक्षकले जे सिकायो स्कुलमा विद्यार्थीले उही सिक्छन् ।विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।बच्चाका बारेमा शिक्षकले धेरै कुरा थाहा पाउनुपर्ने हुन्छ । त्यसैले स्कुलमा शिक्षकहरूले विद्यार्थीको बानी व्यवहार, खानपान, पढाइ, शारीरिक क्रियाकलाप सबै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।कक्षाकोठामा रहेका सबै बालबालिकाका स्वभाव फरक–फरक हुन्छ । कतिपय विद्यालयमा जान्ने बच्चा र कम क्षमता भएका बच्चालाई शिक्षकले गर्ने व्यवहार फरक हुन्छ ।तर, यो राम्रो होइन । बच्चालाई त्यस्तो गर्दा उनीहरूमा नराम्रो धारणको विकास हुन्छ । यस्तो गर्नुको सट्टा शिक्षकले बच्चामा भएको समस्या पहिचान गरी समस्या समाधानमा सहयोग गर्नुपर्छ ।
Comments