लायन्स क्लव अफ केर्खाद्वारा अनाथ तथा अपाङ्ग व्याक्तिलाई लायन मनको घर हस्तान्तरण
Published:
by .कमल । लायन्स क्लव अफ केर्खाले एक कार्यक्रमका बीच अनाथ र अपाङ्ग व्याक्तिलाई लायन मनको घर हस्तान्तरण गरेको छ ।
कमल गाउँपालिका ४ स्थित सिद्धार्थ टोल निवासी अनाथ तथा अपाङ्ग भएका १८ वर्षीय मौसम राई र उनकी दिदी एलिना राई घर हस्तान्तरण गरिएको हो । मौसम र एलिना भाडाको घरमा बस्दै आएका थिए । दिदी भाई आनाथ तथा अपाङ्गता भएको देखेर लायन्स क्लव अफ केर्खाले लायन्स मनको घर नामक घर निर्माण गरी एक कार्यक्रमका विच हस्तान्तरण गरेको हो ।
आमाबुवा विहीन शारीरिक तथा आर्थिक अवस्था अत्यन्तै कमजोर भएका दिदी भार्ईको अवस्था देखेर गाउँपालिकाले घर बनाउन सोच बनाउदै गरेका बेला लायन्स क्लवले घर बनाई दिएर राम्रो काम गरेको छ । सरकारले मात्र सबै काम गर्न सम्भव छैन यसैले निजी क्षेत्रबाट पनि धेरै काम गर्न सकिने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
लायन्सको ५१ वर्षको अनुभवमा यो एकदमै राम्रो काम भएको छ । बस्नका लागी घर भयो अब जिवन यापनका लागी सिपमुलक कामको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको लायन्सका डिस्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले बताए । हामीले समाजमा यस्तै राम्रा काम गर्दै अगाडी बड्नु पर्ने हुन्छ । छोटो समयमा नै क्लवले राम्राकाम गरेर आफ्नो उचाई बढाएकोमा उनले लायन्स क्लब अफ केर्खालाई धन्यवाद दिएका थिए ।
क्लवले घर बनादिएकोमा आफुलाई अत्यन्तै खुशी लागेको एलिना राईले बताइन् । सानो त्रिपालले टाँगेर भएपनि घर बनाउला भन्ने सोची रहेको बेला यती ठुलो घर पाए यसमा अत्यन्तै धेरै खुशी लागेको एलिनाको भनाई थियो ।
क्लब आवद्ध सदस्य तथा विभिन्न मनकारी व्याक्तिबाट जम्मा भएको ५ लाख रुपैया भन्दा बढी रकम खर्च गरेर घर निर्माण गर्नका लागी लायन्स मनको घर निर्माण गरिएको क्लवका अध्यक्ष लायन अग्नि प्रसाद कोईरालाले जानकारी दिए ।
यसैगरी क्लवले केर्खा बजारमा फि आईफाई जडान गर्नुका साथै २०२१ ÷०२२ का लागी नव गठीत समितीलाई पद हस्तान्तरण गरेको नव गठित समितीका अध्यक्ष लायन देवेन्द्र दाहालले जानकारी दिए ।
Comments