Sajhamanch Archive

झापामा खुकुलो निषेधाज्ञा एक साता थप

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

भद्रपुर । झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गते सम्म लम्बाउने निर्णय गरेको हो ।

झापामा लगाइएको खुकुलो निषेधाज्ञा कोरोना संक्रमणमा कमी नआएका कारण एक साता थप गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

झापामा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी नआएकोले एक साता निषेधाज्ञा बढाएको उनले बताए । लामो दुरीका सार्वजनिक यातायातको हकमा सरकारको निर्णय अनुसार अघि बढ्ने उनको भनाई छ ।

छोटो दुरीका सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको छ । अन्य निर्णय अघिल्लो पटक गरिएकोलाई नै यथावत् राखिएको उनले बताए । बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निर्णय गरेको । होटेल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *