Sajhamanch Archive

कोरोनाको कहरः शिवसताक्षी नगरपालिका ११ गते रातीदेखि १८ गतेसम्म शिल

Published: (Updated: ) in विविधा, स्वास्थ्य by .

शिवसताक्षी । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले झापाको शिवसताक्षी सोमबार रातीदेखि शिल गरिने भएको छ । आज बसेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी सर्वपक्षीय  सिसिएमसीको वैठकले ११ गते राती देखि १८ गते राती १२ बजेसम्म पूर्ण रुपमा नगरपालका शिल गर्ने निर्णय गरेको हो ।

बन्दमा मुख्य राजमार्ग बाहेक भित्री सडकहरु सबै बन्द गरिने र आवज जातवमा पूर्ण रुपमा रोक लगाइने नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

खाद्यान्न, ग्यास, तेल, फलफूल पसल, विद्यालय दुध डेरी, सागसब्जी समेत बन्द हुने छन् । नगरपालिका भित्रका निर्माणको काम पनि ७ दिनका लागि बन्द गराएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् भने नगर पालिका भित्रका बैंक तथा वित्तीय संस्थाहरु पनि पूर्ण रुपमा बन्द गर्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *