Sajhamanch Archive

नेविसंघको १२ महाधिवेशन कात्तिक १६ गतेदेखि

Published: in राजनीति by .

काठमाडौं ।  नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कात्तिक १६, १७ र १८ गतेदेखि हुने भएको छ ।

सोमबार राति सकिएको केन्द्रीय कार्यसमितिको बैठकले १२ औ महाधिवेशन कात्तिक १६, १७ र १८ गते गर्ने निर्णय गरेको अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो । महाधिवेशन स्थल भने तोक्न बाँकी रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष महरले पेश गरेको कार्यतालिका बैठकले अनुमोदन गरेको हो । जसअनुसार असोज ७ गते विद्यालय र क्याम्पसको अधिवेशन सुरु हुनेछ ।

१२ गते स्थानीय तहमा, १५ गते निर्वाचन क्षेत्रमा, २१ गते जिल्लामा र कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन गर्ने तालिका रहेको उहाँले बताउनुभयो । काठमाडौं उपत्यकाको क्याम्पस असोज २३ गते गर्ते तयारी छ ।

महाधिवेशन प्रतिनिधिको नाम कात्तिक १३ गते र अन्तिम नामावली कात्तिक १४ गते प्रकाशन, १६ गते महाधिवेशन उद्घाटन तथा १७ र १८ गते बन्द सत्र गर्ने अध्यक्ष महरले उज्यालोलाई जानकारी दिनुभयो ।

विभिन्न तहका अधिवेशन सम्पन्न गर्न कडा नियम सहितको सर्कुलर बनाउने र कुनै पनि केन्द्रीय प्रतिनिधिले आफुखुशी नाम टाँँस्ने  काम गरे त्यस्ता प्रतिनिधि र उनीहरुले जिम्मेवारी दिने नेतालाई पनि कारबाही गरिने उहाँले बताउनुभयो ।

महाधिवेशनका लागि नेविसंघभित्र सवैको साझा धारणा रहेकाले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने पनि अध्यक्ष महरले दाबी गर्नुभयो ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *