Sajhamanch Archive

विदेशबाट पैसा पठाउनेलाई फाइदा : नेपाली मुद्राको भाउ निरन्तर ओरालो

Published: in अर्थतन्त्र by .

काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दा खाडीका देशहरु सहित मलेसिया र कोरियाका मुद्राको मूल्य पनि आकाशिएको छ । यसो हुँदा विदेशमा काम गरेर नेपालमा पैसा पठाउनेहरुलाई भने फाइदा पुग्ने छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रिदर ३० रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ र बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रिदर २८ रुपैयाँ ०४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २४ र बिक्रिदर १० रुपैयाँ ३० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ५३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३ सय ०८ रुपैयाँ २६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *