कमल गाउँपालिकामा १३ गते रातीदेखि एक साता लकडाउन
Published:
by .कमल । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढ्दै गएकालत्यसको रोकथाम र न्यूनिकरणका लागि कमल गाउँपालिकाले ७ दिनका लागि लकडाउने गर्ने भएको छ ।
गाउँपालिका राजनीतिक दलसहितको आज बसेको बैठकले श्रावण १३ गते राती १२ बजेबाट २० गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनका समयमा औषधी पसल बाहेक सवै प्रकारका व्यापार, व्यवसाय, होटल, रेष्टुरेन्ट, उद्योग, कलकारखाना बन्द रहने छ भने दुग्धजन्य सवारी साधन र दुध डेरी व्यवसाय बिहान १० बजे सम्म र बेलुकी ४ बजेदेखि ६ बजे सम्म मात्र सञ्चालन गर्न पाइने कमल गाउँपालिकाले जनाएको छ ।
त्यसैग्री स्थानीय क्षेत्रभित्रबाट उत्पादित सागसब्जी, तरकारी, होमडेलिभरी गर्न पाइने तर कमल गाउँपालिका भन्दा बाहिरबाट आयत गरिएका साग सब्जी गाउपालिका क्षेत्रभित्र डेलिभरी गर्न नपाइने वैठकले निर्णय गरेको छ ।
कक्षा ११ को पूर्व प्रकाशित कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन हुने, होम–ट्यूसन र भौतिक उपस्थितिमा हुने सबै प्रकारका सिकाइ क्रियाकलाप बन्द रहन तर बैकल्पिक विधिबाट सञ्चालन हुने शिक्षण सिकाइ क्रियाकलापलाई असर नगन गाउँपालिकाले जनाएको छ ।
बैंक तथा वित्तिय संस्था, सहकारी, सरकारी कार्यालय, विद्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै प्रकारका सेवा बन्द रहने तर विद्यालय तथा अन्य कार्यालयहरुको आन्तरिक प्रशासन सुचारु रहने छ भने अत्यावश्यक बाहेक सबै प्रकारका यातायातका साधनहरु सञ्चालन गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको कमल गाउँपािलकाका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिए ।
Comments