तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन
Published:
by .विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेश्रो लहरको पुर्व तयारीमा जुट्न निर्देशन दिएकी छिन् । विज्ञहरुले कोरोनाको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न उनले निर्देशन दिएकी हुन् ।
कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकास मन्त्री राईले भनिन्,‘ हामी तयारी अवस्थामै थिएनौ भन्ने छुट कसैलाई छैन ।’ कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारीमा रहन निर्देशन दिँदै उनले समस्या र चुनौतीको सबैले मिलेर मात्रा समाधान गर्न सकिने बताइन् । मन्त्री राईले अस्पतालको क्षमताअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको समेत जानकारी दिएकी थिइन् । उनले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्ला भित्रका सवै पालिकाहरुको अवस्था, आवस्यकता र तयारी सहित जिल्लाको समस्या, आवस्यकता पहिचान गरि आवश्यक तयारी सहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न निर्देशन दिएकी छिन् ।
सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
Comments