Sajhamanch Archive

क्रोएसियाको पोस्टमा स्पेनको आधा दर्जन गोल

Published: in खेलकुद, by .

यसै वर्षबाट सुरु गरिएको युरोपियन फुटबलको नयाँ प्रतिष्पर्धाका रुपमा रहेको नेशन्स लिगमा स्पेनको प्रभावसाली प्रदर्शन जारी छ। लिग ए अन्तर्गत मंगलबार भएको स्पर्धामा साविक विश्व उपविजेता क्रोएसियामाथी स्पेनले एकपछिय रुपमा गोल वर्षा गर्दे ६–० को प्रभावसाली जित निकाल्यो।

लुइस इन्द्रिकेको टिम स्पेनले घरेलु मैदानमा भएको खेलमा क्रोएसियालाई ६–० ले पराजित गर्यो। पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गर्दै स्पेनले विश्वकपको फाइनलमा फ्रान्ससँग खेलेको क्रोएसियालाई निराश पारेको हो। पाँच गोल स्पेनिस खेलाडीको हातबाट ब्योहोरेको क्रोएसियाले अर्को एक गोल उपहारका रुपमा सुम्पीयो।

२४ औँ मिनेटमा साउल निगुएजको गोलबाट स्पेनले सुरुवाति अग्रता लिएको थियो। ३३ औँ मिनेनटमा मार्को एसेन्सिओले अग्रता दोब्बर पारे। दोस्रो गोल खाएको दुई मिनेट नवित्दै क्रोएसियाका गोलरक्षक लभरेन कालिनिकले आत्मघाती गोल गरे र स्पेनलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए। दोस्रो हाफमा पनि स्पेनको नियमीत गोल वर्षा रोकिएन्।

४९ औँ मिनेटमा रोड्रिगो, ५७ औँ मिनेटमा सर्जियो रामोस तथा ७० औँ मिनेटमा इस्कोले गोल गरेपछि स्पेनले क्रोएसियाको पोस्टमा आधा दर्जन गोल पुर्यायो। लगातार दुई जित निकालेको स्पेन ३ अंकसहित समूह ए फोरको शीर्ष स्थानमा रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *