गौरादहमा एनएमसीको सहकारी पसल सञ्चालनमा
Published: (Updated: )
by .गौरादह । झापाको गौरादहमा शुक्रबारदेखि एनएमसी सहकारी पसल सञ्चालनमा ल्याइएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको चौथो व्यवसाय सहकारी पसलको दशौ पसलको रुपमा सञ्चालनमा ल्याइएको हो ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले पानसमा दिप प्रज्वलन गरी वैदिक विधिपूर्वक सहकारी पसलको उद्घाटन गरेका हुन् । पसलको उद्घाटन भएसँगै पसलको कारोबार पनि सुरुभएको एनएमसी सहकारीले जनाएको छ ।
झापाको काकरभिट्टा एनएमसी सहकारीले पुर्वका मुख्य शहरहरुमा नौ वटा सहकारी पसल सन्चालन गरिसकेको छ ।
आफ्ना शेयर सदस्यले उत्पादन गरेका कृषि जन्य र सबै किसिमका खाद्य तथा उत्पादनलाइ खरिद गरि बिक्री बितरण गर्ने र किसानलाई सस्तो मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने योजनाको साथ सहकारी पसल सन्चालन गरिएको अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।
Comments